१५ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,

हेटौंडा- दोलखाको चरिकोटमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र र छात्रातर्फ मकवानपुरको टिमले विजयी सुरुवात गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चरिकोटमा भलिबल कोर्टमा भएको छात्रातर्फ मकवानपुरले नुवाकोटलाई २–० को सोझो सेटले पराजित गरेको छ । नुवाकोटलाई मकवानपुरले २५–११ र २५–१७ ले पराजित् गरेको छात्रा भलिबतर्फका टिम प्रशिक्षक नरेन्द्र मुक्तानले जानकारी दिएका छन् । यस्तै छातर्फ पनि मकवानपुरको टिम क्वार्टरफाइनलमा प्रवेश गरेको प्रशिक्षक मुक्तानले बताए। मकवानपुरले ललितपुरको टिमलाई २–० को सोझो सेटले पराजित गरेको छ । ललितपुरलाई मकवानपुरले २५–११ र २५–१४ को सेटले हराएको हो । पुरुष भलिबतर्फको टिम प्रशिक्षकको रुपमा पुष्पा मैनाली रहेका छन् ।
यस्तै एथ्लेटिक्सतर्फ मकवानपुरले २ वटा रजतपदक जितेको राष्ट्रपति रनिङशिब्ड प्रतियोगिताका प्रदेश संयोजक प्रभाकर पाण्डेले बताएका छन् । उनका अनुसार मकवानपुरका दुई खेलाडीले १०० मिटर दौडमा रजतपदक जितेका हुन् । प्रतियोगितामा मकवानपुरबाट ११ जना खेलाडीको सहभागिता रहेको थियो ।यस्तै, तेक्वान्दो २ जना खेलाडी कांस्यपदक प्राप्त गरेको टिमका निर्णायक विमल विकले बताएका छन् । तेक्वान्दोतर्फ ४२ केजीतौल समूहमा पुम्सेमा माधुरी घलान र सुहान गुरुङले कास्यपदक जितेको निर्णायक विमल विकले बताए । तेक्वान्दो टिम प्रशिक्षकको रुपमा शिवहरि राई र टिम व्यवस्थापकको रुपमा हरि भुजेल र निरुकुमारी मगर गएका थिए । प्रतियोगिता ६ जना छात्र र ६ जना छात्रा गरी १२ जना खेलाडीको सहभागिता रहेको थियो ।
काठमाडौंको दशरथ रंगशालामा भएको प्रतियोगितामा मकवानपुरबाट सहभागी भएकी मनिषा विक सेमीफाइनलमा प्रवेश गर्दै कास्यपदक जित्न सफल भएको निर्णायक विश्वनाथ पाठकले बताएका छन् । उनका अनुसार प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडी सहभागी थिए । खेलाडीलाई खेलस्थानमा भ्रमण गराउन र खेलको अनुभव गराउनका लागि ३ दिन पहिला नै काठमाडौंको खेलस्थानमा लगेको उनले बताए । यसवर्षको प्रतियोगिताका लागि बन्द प्रशिक्षण नभएको कारणले केही प्रभाव पारेको उनले बताए ।