महिला उद्यमीको गुनासो : ‘बजारीकरण नहुँदा स्थानीय उपज टेबलमा मात्र प्रदर्शन भएको छ’

साझाकुरा
२०८२ असार ४, बुधबार ११:५४

हेटौंडा- उत्पादित वस्तुको बजारीकरण मुख्य चुनौतीको रुपमा देखापरेको महिला उद्यमीले बताएका छन् ।महिलाले उत्पादन गरेका वस्तुको बजारीकरण हुन नसक्दा स्थानीयउपज टेबलमा मात्र प्रदर्शन गरेर राख्नुपरेको उनीहरुले बताएका छन् । महिला उद्यमी बनिसकेपछि बैकिङ पाटोदेखि आर्थिक व्यवस्थापन सम्मका समस्या झेल्नुपरेको उनीहरुको भनाई छ । मकवानपुर घरेलु तथा साना उद्योग संघ एवम् महिला उद्यमी समितिको आयोजना र उद्योग तथा वाणिज्य कार्यालयको प्रायोजनमा मंगलबारदेखि हेटौंडामा सुरु भएको ३ दिने महिला उद्यमी सम्मेलनको क्रममा यस्तो गुनासो गरेका हुन् ।

महिला समितिकी अध्यक्ष चन्द्रावती पनेरुले राज्यको अपारदर्शी कानुनको कारण महिला उद्यमीले व्यवसाय नै सञ्चालन गर्न नसकेको बताइन् । भन्सार शुल्क, ढुवानीभाडा अत्याधिक हुँदा कच्चापदार्थ आयत गर्न समस्या भएको उनले बताइन् । अध्यक्ष पनेरुले घरेलु उद्योगले समयानुसार प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरिन् । खुल्ला सीमानाको कारण कच्चापदार्थ आयात गरेको देशसँग नै आपूmहरुले प्रतिस्पर्धा गर्नुपरेको उनले बताइन् । घरेलु तथा साना उद्योगले नेपालको कुलगाहस्र्थ उत्पादनमा २० प्रतिशत सम्म योगदान पु¥याउँदै आएको उनले बताइन् ।

तीनवटै तहको सरकारले घरेलु उद्योगलाई संरक्षण गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । अध्यक्ष पनेरुले महिला उद्यमीको लागि सरकारले प्रविधि हस्तान्तरणका कार्यक्रम ल्याउनुपर्ने बताइन् । त्यसैगरी सम्मेलनमा घरेलु तथा साना उद्योग महासंघका बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाईले महिला उद्यमशीलता हुँदा राष्ट्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् । सामाजिक विकास र लैंगिक समानताको लागि पनि महिला उद्यमी हुन जरुरी भएको उनले बताए ।

प्रदेशअध्यक्ष चौलागाईले महिला उद्यमी हुँदा परिवारकै आर्यआर्जन बढ्ने उल्लेख गरेका छन् । रोजगारीका अवसर सिर्जना गर्नमा पनि महिलाउद्यमीको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन् । उत्पादित वस्तुको बजारीकरण चुनौती रहेपनि अवसर पनि पर्याप्त रहेको अध्यक्ष चौलागाईको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यबाहक अध्यक्ष सूर्यबहादुर कँडेलले आर्थिक उपार्जनको क्षेत्रमा महिला लाग्नुपर्ने बताएका छन् । राज्यको नीतिको कारण महिला समाजमा हेपिएर बस्नुपरेको उनको भनाई छ ।

पुरुषले भन्दा बढी श्रम महिलाले गरेपनि पारिश्रमिक पुरुषले धेरै पाउने गरेको उनले बताए । अब पुरुषले पनि भान्साघरको काम गर्नुपर्ने कार्यबाहक अध्यक्ष कँडेलको धारणा छ । उत्पादित वस्तुलाई मेला महोत्सवमा प्रर्दशनमा राखेर मात्र आर्थिक उपार्जन नहुने उनको भनाई छ । मुलुकको शासनसत्तामा बसेकाहरुले उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरणको जिम्मा लिनुपर्ने उनको धारणा छ । कार्यबाहक अध्यक्ष कँडेलले नेपाली वस्तुको प्रचारप्रसार हुन नसक्दा बजारमा विदेशी वस्तु आयात भइरहेको बताएका छन् ।

समितिकी अध्यक्ष पनेरुको सभाध्याक्षतामा भएको कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रतिनिधि शकुन्तला पराजुली, घरेलु तथा साना उद्योग महासंघका बागमती प्रदेशका महासचिव शनिस लगेजु, संघका मकवानपुर अध्यक्ष कुमार पौडेल, अन्य जिल्लाका अध्यक्ष क्रमशः सिन्धुलीकी राधा खड्का, दोलखाका धनबहादुर तामाङ, काभ्रेका नितेश राजभण्डारी, काठमाडौंका डोल्मा शेर्पा, रामेछापका शेरबहादुर थापामगर, चितवनका मदन घिमिरे, धादिङका नवराज छत्कुल्ली, ललितपुरका राममान महर्जन, भक्तपुरका श्याम श्रेष्ठ, रसुवाका कला लामा साम्देन, नुवाकोटाका महासचिव नारायणप्रसाद नेपाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, टोल विकास संस्था नगरसमन्वय समिति मकवानपुरका अध्यक्ष धुव्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो । असार ५ गतेसम्म चल्ने सम्मेलनमा महिला उद्यमीले स्थानीय उत्पादनको स्टल राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*