एन्फा एकेडेमीका खेलाडीलाई खेलसामग्री वितरण

साझाकुरा
२०८२ असार ६, शुक्रबार ११:२५

हेटौंडा- हेटौंडा एकेडेमी विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका खेलाडीलाई खेलसामग्री वितरण गरिएको छ । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा रहेका एन्फा एकेडेमीका खेलाडीलाई एन्फाले उपलब्ध गराएको नयाँ जर्सीसहितको खेलसामग्री हस्तान्तरण गरिएको हो । प्रशिक्षणरत् २८ जना खेलाडीका लागि बल, जर्सी, नेट, कोन, जुराफ, टिसर्ट लगायतको सामग्री सहयोग गरिएको हो । एन्फा एकेडेमीका संयोजक अरुणराज सुमार्गी, सहसंयोजक अमृत लुङ्बा, हेटौंडा एकेडेमीका सञ्चालक समिति सदस्य अंकिता सुमार्गी लगायतले खेलाडीलाई खेलसामग्री हस्तान्तरण गरेका हुन् । एन्फा एकेडेमीका कप्तान सुनिलकुमार सुर्खेतीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

एन्फा एकेडेमी हेटौंडाका संयोजक सुमार्गीले हेटौंडा एकेडेमीमा १३ वर्ष मुनीका ५० जना विद्यार्थी भर्ना गर्न अनुमति प्राप्त भएको जानकारी दिए । ‘हामी आफैंले पनि प्रशिक्षकको व्यवस्था गरेर प्रशिक्षण गराइरहेका छौं’, उनले भने, ‘शिक्षासँगै खेलकुदलाई पनि अघि लैजाने अवसर प्राप्त भएकोमा खुसी छौं’ सुमार्गी खेलाडीलाई खेलसँगै पढाईलाई पनि ध्यान दिन अनुरोध गरे ।

खेलाडीले दैनिक रुपमा हेटौंडा–४, हुप्रचौर र हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा प्रशिक्षण गर्दै आएका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीसहित सञ्चारकर्मीको उपस्थिति रहेको थियो । अघिल्लो वर्षको बाढीपहिरोका कारणसिस्नेरीको बत्सलादेवी माविबाट एन्फा एकेडेमी सारेर हेटौंडा एकेडेमीमा ल्याइएको हो । यहाँ विभिन्न जिल्लाबाट विद्यार्थी फुटबल खेलाडी आएर प्रशिक्षणसँगै अध्ययन समेत गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*