एसईईको नतिजमा सुधार : ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड
हेटौंडा- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१ दशमलब ८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गतवर्ष परीक्षा दिएका विद्यार्थीमध्ये ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।
बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए–८ जना, जीपीए २ देखि २.४० सम्म ४ हजार १ सय २६ जना, जीपीए २.४० देखि २.८० सम्म ४८ हजार ४ सय ७९ जना, जीपीए २.८० देखि ३.२० सम्म ८९ हजार १ सय २४ जना, जीपीए ३.२० देखि ३.६० सम्म ८१ हजार ३ सय ८५ जना, जीपीए ३.६० देखि ४ सम्म ४८ हजार १ सय ७७ जना, नन ग्रेडेड १ लाख ६७ हजार ५ सय ९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २ लाख ७१ हजार २ सय ९९ जना रहेको छ । १ सय २६ जनापरीक्षार्थीको भने परीक्षा नै रद्धभएको छ ।
एसईईमा कुल ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी थिए । बोर्डका अनुसार कोशी प्रदेशमा ४७ हजार ८ सय ३५ जना, मधेशमा ५९ हजार ७ सय ४९ जना, बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना र गण्डकीमा ४७ हजार ८ सय ४९ जना विद्यार्थी ग्रेडेड भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णालीमा ४६ हजार ४ सय ५५ जना र सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ ।
असार २३ गतेभित्र पुनर्योग गर्न सकिने
नतिजामा चित्त नबुझे २०८२ असार २३ गते भित्र पुनर्योगका लागि आवेदन दिन सकिने भएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनःपरीक्षण गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । ‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत् आवदेन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन्,’ बोर्डले भनेको छ ।
‘पुनर्योगका लागि असार २३ गते बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ । ‘सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको बेवसाइटबाट हेर्न सकिनेछ,’ बोर्डले भनेको छ ।त्यस्तै, नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा
बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।
मौका परीक्षा साउन
२९ गतेदेखि
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेड भएका विद्यार्थीले साउन २९ गतेदेखि मौकापरीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै ननग्रेडड विद्यार्थीले साउन २९ गतेदेखि मौकापरीक्षा दिन पाउने जनाएको हो । मकवानपुर जिल्लामा नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले सहभागिता जनाएका थिए ।







