बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश

साझाकुरा
२०८२ श्रावण २०, सोमबार १५:५५

हेटौँडा-बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख समक्ष पेश गरिएको दावीमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ।

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन् । दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*