कडा रोग लागेकालाई दिइने औषधि खर्चको विभेदप्रति बर्तौलाको आपत्ती

साझाकुरा
२०८२ श्रावण २३, बिहीबार ११:२२

हेटौंडा- नेकपा एमालेका मुख्यसचेतक महेश बर्तौलाले कडा रोग लागेकालाई दिइने औषधिखर्चमा गरिएको विभेदप्रति आपत्ती जनाएका छन् ।सरकारले चार प्रकारका दीर्घरोगीलाई दिइँदै आएको मासिक ५ हजार रुपैयाँको सहुलियतमागरिबीको परिचयपत्र अनिवार्य गर्ने प्रावधानले गम्भीर समस्या निम्त्याएको भन्दै तत्काल कार्यविधि सच्याउन उनले माग गरेका छन् । संसद्को आकस्मिक समयमा बौल्दै उनले बिरामी भएपछि धनी व्यक्ति पनि आर्थिक रुपमा कमजोर हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । मुख्यसचेतक बर्तौलाले यही व्यवस्थाका कारण २५ जिल्लाका कैयौं पीडित बिरामी राज्यले दिने सुविधाबाट वञ्चित भएको उल्लेख गरे ।

नेपाल सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधिउपचारमा सहयोग पु¥याउने उद्देश्यले मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधिअनुसार गरिबीको परिचयपत्र वितरण भएका जिल्लामा यो सुविधा लिन परिचयपत्र अनिवार्य गरिएको छ ।

उनले भने, ‘परिचयपत्र वितरण हुँदा गरिब नभएका तर, पछि यी रोग लाग्दा आर्थिकरुपमा विपन्न बनेका नागरिकले परिचयपत्र नभएकै कारण सहुलियत पाउन सकेका छैनन्, यो अव्यवहारिक छ ।‘ रोगको प्रकृति हेरेर सुविधा दिनुपर्नेमा जोड दिँदै धनी र गरिबको आधारमा विभेद गर्न नहुने उनलेअ बताए । २५ वटा जिल्लामा परिचयपत्र भएका बिरामीले मात्र उपचारखर्च पाउने तर अन्य जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा पाउने व्यवस्थाले असमानता सिर्जना गरेको बर्तौलाको भनाइ छ ।

मुख्यसचेतक बर्तौलाले यो जटिलतालाई तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै रोगका आधारमा सबै पीडितले समानरुपमा स्थानीय तहको सिफारिसमा मासिक ५ हजार रुपैयाँ पाउने गरी कार्यविधि संशोधन गर्न माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*