बाढीले बागमतीमा २२ करोड बढीको धानबाली नष्ट
हेटौंडा- चालु आर्थिक वर्ष २०८२÷८३ को विपद्का कारण बागमती प्रदेशका १० जिल्लामा २२ करोड २४ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको अनुमान छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा मोन्था चक्रवातको प्रभावका कारण भएको वर्षा र गत असोज १८ देखि २० गतेसम्मको वर्षाले प्रदेशका १० जिल्लामा धानखेती चपेटामा परेको हो । मन्त्रालयका अनुसार प्रदेशका ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिकटन धान नष्ट भएको छ । मन्त्रालय मातहतको कृषि विकास कार्यालयको तथ्यांकअनुसार नुवाकोट, रामेछाप, सिन्धुली, दोलखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रे र चितवनमा लगाइएको धानखेती नष्ट भएको हो ।
मन्त्रालयका अनुसार प्रदेशका ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिकटन धान नष्ट भएको छ । सबैभन्दा बढी क्षति नुवाकोटमा भएको मन्त्रालयका प्रवक्ता कँडेलले बताए । नुवाकोटमा मात्रै ३ हजार १२८.५८ हेक्टरको धानबाली प्रभावित हुँदा ५ हजार ८७.२१ मेट्रिकटन धान नष्ट भएको छ । क्षतिबाट कृषकको एक करोड ८३ लाख १३ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । त्यसैगरीरामेछापमा विपद्ले धानखेतीमा ठुलो असर पु¥यो । यहाँ १३३.१० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भयो । जसले ५१४.१० मेट्रिकटन धानबाली क्षति भएको छ, जसबाट १ करोड ६८ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सिन्धुलीमा १ हजार ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती विपद्बाट प्रभावित हुँदा ३ हजार ५८०.२० मेट्रिकटन धान नष्ट भएको छ । जसबाट किसानले एक करोड १७ लाख १८ हजार रुपैयाँको क्षति बेहोरेका छन् । दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानबाली विपद्बाट प्रभावित भएको छ भने २ हजार ३२४.५१ मेट्रिकटन धानबाली क्षति भएको छ । जसबाट ५४ लाख ४२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । धादिङमा ७९ हेक्टरको धानबाली विपद्बाट प्रभावित हुँदा २६९.५० मेट्रिकटन बानबाली नष्ट भएको छ । क्षतिबाट ८६ लाख २४ हजार रुपैयाँको नोक्सान भएको छ ।
सिन्धुपाल्चोकमा १७ हेक्टरमा लगाइएको धानखेती विपद्का कारण प्रभावित हुँदा ४२.१२ मेट्रिकटन धान नष्ट भएको छ । यसबाट १३ लाख ८६ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । रसुवा, मकवानपुर काभ्रे र चितवनमा क्रमशः १५६.३०, १६, १४.५ र २० हेक्टरको धानबाली विपद् प्रभावित भएको छ भने २५७.५२, ५१.२०, १२.५ र ७५.४० मेट्रिकटन धान नष्ट भएको छ, जसबाट ९ लाख २७ हजार रुपैयाँ, १८ लाख १५ हजार रुपैयाँ, ४ लाख १२ हजार रुपैयाँ र २६ लाख ७३ हजार रुपैयाँको नोक्सानी किसानले बेहोरेका छन् । बागमती प्रदेशमा यो वर्ष धान उत्पादन उल्लेख्यरुपमा घट्ने अनुमान गरिएको छ ।
मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार गतवर्षको तुलनामा यो वर्ष धानखेती गरिएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका छन् । गत आर्थिक वर्ष ०८१÷८२ मा बागमती प्रदेशमा एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जसबाट चार लाख ४८ हजार पाँच सय मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार धानको औसत उत्पादकत्व प्रतिहेक्टर ३.९ मेट्रिकटन रहेको थियो । तर, चालू आर्थिक वर्ष ०८२÷८३ मा धानखेती घटेर एक लाख १२ हजार ४६० हेक्टरमा सीमित हुने अनुमान छ । यसअनुसार कुल धान उत्पादन झरेर चार लाख तीन हजार ६५० मेट्रिकटनमा सीमित हुने देखिएको छ । यस वर्ष उत्पादकत्व पनि घटेर प्रतिहेक्टर ३.६ मेट्रिकटन रहने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष करिब ४४ हजार ८५० मेट्रिकटन धान कम उत्पादन हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।







