कान्तिलोकपथ ६० दिन दिउँसो बन्द हुने

साझाकुरा
२०८२ मंसिर २०, शुक्रबार ११:०१

हेटौंडा-काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्तिराजपथ (कान्तिलोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । प्रशासनले जारी गरेको सूचनाअनुसार २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म यो सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुनेछ ।

कान्तिराजपथ सडक योजना, एकान्तकुनाको पत्रानुसार सडक खण्डका विभिन्न स्थानमा सडक फराकिलो बनाउने र कटिङको काम भइरहेको छ । निर्माणकार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्नका लागि सवारी आवागमन रोक लगाएको जिल्ला प्रशासन ललितपुरलेले जनाएको छ । मङ्सिर २० गतेदेखि कान्तिराजपथ हुँदै यात्रा गर्ने यात्रु तथा सवारीचालकले तोकिएको समय बिहान ११ देखि ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*