फरार प्रतिवादी पत्रकार न्यौपाने पक्राउ

साझाकुरा
२०८३ बैशाख २१, सोमबार १६:५२

हेटौंडा- मकवानपुर प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१०, टिसिएनरोड बस्ने ४५ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार दिउँसो करिब २ः२५ बजे कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर मुद्दामा संलग्न रहेका थिए ।

मकवानपुर जिल्ला अदालत, हेटौंडाले बैशाख १५ गते पक्राउ अनुमति प्रदान गरेपछि उनी फरार रहेका थिए । प्रहरीले अनुसन्धानका क्रममा उनलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*