सकियो थाहानगरको ऐतिहासिक इन्द्रायणी जात्रा

साझाकुरा
२०८२ मंसिर २३, सोमबार ११:५७

हेटौँडा- मकवानपुरको थाहा नगरपालिकामा तीन वर्षमा एकपटक लाग्ने ऐतिहासिक इन्द्रायणी जात्रा आइतबार समापन गरिएको छ । मंसिर १८ गतेदेखि सुरु भएको जात्रा इन्द्रायणी मन्दिरबाट रथ उठाई पुनः पालुङको देउता घर पु¥याएसँगै जात्रा विधिवत् रुपमा सकिएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए ।जात्रामा पालुङ सहरबाट भगवान गणेश, इन्द्रायणी, कुमारी र कालभैरबको रथ इन्द्रायणी मन्दिरमा लैजाने गरिन्छ । थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँ (इन्द्रायणी बस्ती) मा राखिएको भगवानको मूर्तिलाई पालुङ सहरको डबलीमा पु¥याइ तान्त्रिक विधिबाट पूजा गरी रथमा राखेर दुई दिनअघि इन्द्रायणी मन्दिरमा पु¥याइएको थियो । सोही दिन वडा नम्बर ३ गोपाली गाउँबाट सेति गणेशको रथ इन्द्रायणी मन्दिरमा पु¥याइएपछि जात्रा सुरु भएको हो ।

मंसिर २० गते अर्थात् जात्राको तेस्रो दिन मन्दिरबाट रथ उठाइ विभिन्न खटमा विधिपूर्वक बलीसहितको पूजा गरी रथलाई इन्द्रायणी बस्तीको देउता घर पु¥याइएको छ । जात्रा सुरु गर्दा ४ दिनअघि इन्द्रायणी बस्तीबाट रथ पालुङ डबलीमा पु¥याई देउताका मुकुटहरु चौथो दिन रथमा राखेर इन्द्रायणी मन्दिर लैजाने गरेको भएपनि रथ भिœयाउँदा एकै दिन रथ र मुकुट देउता घर पु¥याउने चलन छ ।

प्रत्येक तीन÷तीन वर्षमा लाग्ने ऐतिहासिक इन्द्रायणी जात्रा नेवार समुदाय र देउला समुदायले मिलेर मनाउने गर्दछन् । जात्राको व्यवस्थापन इन्द्रायणी भगवती कालभैरब गुठी संरक्षण समितिले गर्दै आएको छ । देउला गाउँका पुजारीहरूले काम्दै पुजाआजासहित भगवान मञ्जुर बनाएपछि मन्दिरबाट रथ र मुकुट फर्काइन्छ ।रथ लैजाने र पूजाको विधिमा मुख्यगरी यी दुई समुदायको भूमिका रहने भएपनि यो जात्रा मकवानपुरकै ऐतिहासिक धरोहरको रुपमा परिचित छ । जात्रा ३ सय ५७ वर्ष पुरानो इतिहाससँग जोडिएको स्थानीय निरोज प्रधानले बताए । आफ्ना पुर्खाहरूले मनाउँदै आएको जात्रालाई आफूहरूले पनि निरन्तरता दिएको इन्द्रायणी भगवती कालभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए ।

मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ पु¥याउने र त्यसपछिको दुई रात पञ्चबलीसहितको होम गर्ने र तान्त्रिक विधिबाट पूजा गर्ने प्रचलन छ । दोस्रो दिनमा सर्वसाधारणको नियमित र भाकल पूजा गर्ने तथा तेस्रो दिन पूजाआजा गरी अपरान्ह रथ फर्काउने प्रचलन रहेको छ । इन्द्रायणीको प्रसाद पूजाको अन्तिम दिनमात्र वितरण गरिन्छ । जात्रामा मकवानपुरको थाहानगरसहित छिमेकी पालिकाहरु र मुख्य गरेर काठमाण्डौ, हेटौंडा, धादिङ, काभ्रेलगायत क्षेत्रका भक्तजनहरुको तीन दिनसम्मै उल्लेख्य उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*