थाहा नगरपालिकाले पनि सडक विस्तार थाल्ने
हेटौंडा-मकवानपुरको थाहा नगरपालिकाले पनि सडक विस्तार थाल्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाले गत मंसिर २० गतेदेखि सडक विस्तारको काम थालेको थियो । तर, अदालतको स्टे अर्डरका कारण हाललाई यो काम रोकिएको छ । थाहा नगरपालिकालेसडक विस्तारका लागि सडक सीमाभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।
नगरपालिका वडा नम्बर १ कार्यालयले सडक विस्तारमा अवरोध पु¥याउने संरचना हटाउन स्थानीयवासीलाई सातदिने अल्टिमेटम दिएको हो । वडा कार्यालयले सूचना जारी गर्दै निर्माणाधीन कुन्छाल–कुलेखानी सडक खण्डअन्तर्गत बज्रबाराही चौरदेखि पखमट धारासम्मको क्षेत्रमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । यो सडकक्षेत्रमा बनाइएका घरटहरा हटाइ सडक विस्तारमा सहयोगका लागि आग्रह गरेको छ । अतिक्रमित संरचना नहटाए कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ ।







