चुनढुंगा अवैध उत्खननः खानी विभाग र वनले थाल्यो अनुसन्धान

साझाकुरा
२०८२ मंसिर २६, बिहीबार १२:५६

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा भइरहेको चुनढुंगाको अवैध उत्खननमा खानी तथा भूगर्भ विभाग र डिभिजन वन कार्यालय मकवानपुरले ‘एक्सन’ लिएका छन् ।‘पालिका अध्यक्षको मिलेमतोमा चुनढुंगाको अवैध उत्खनन’ शीर्षकमा समाचार प्रकाशित भएपछि खानी विभागले अध्ययन तथा अनुसन्धान टोली खटाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय मकवानपुरले अवैध उत्खनन तथा बिक्रीमा रोक लगाएको छ ।

यसअघि गाउँपालिका कार्यालयकै मिलेमतोमा १२ नम्बर वडाको चंपकीखानीक्षेत्रको पूर्वतर्फबाट निजी जग्गाको नाममा निरन्तर चुनढुंगा उत्खनन र बिक्रीभइरहेको थियो । चुनढुंगा रहेको भूभाग सरकारको सम्पत्ति हुने र उत्खनन गर्न खानी तथा भूगर्भ विभागको स्वीकृति अनिवार्य रहेको कानुनी व्यवस्था रहेकोमा चुनढुंगाको अवैध उत्खनन भइरहँदा पनि सरकारले चासो लिएको थिएन ।

खानी तथा भूगर्भ विभागबाट खटिएको माइनिङ इन्जिनियर रामानन्द चौधरीको नेतृत्वको टोलीले चुनढुंगा उत्खनन भइरहेको क्षेत्रमा अध्ययन तथा अनुसन्धान थालेको छ । चौधरीले उत्खनन क्षेत्रको निरीक्षण गर्दा कानुनविपरीत उत्खनन भइरहेको र यहाँको चुनढुंगा बाहिरी निकासी भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*