नदीजन्यपदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

साझाकुरा
२०८२ मंसिर २७, शुक्रबार १३:०७

हेटौंडा-मकवानपुरमा पछिल्लो समय अवैधरुपमा नदीजन्यपदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैधरुपमा नदीजन्यपदार्थ उत्खनन तथा ओसारपसार गर्ने १३ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले अवैध रुपमा नदीजन्यपदार्थ (ढुंगा÷बालुवा) उत्खनन तथा ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको जानकारी दिए ।

नियन्त्रणमा लिएका ट्याक्टरमा ना. ५ त ७१८६, बा.प्र.०३–००१ त ३९९, प्रदेश २–०३–००१ त ४१०८, ना.७ त २०६४, ना. ६ त ३५६६, ना. ३ त १४७५, ना. ६ त ९८९९, बा.प्र.०३–००१ त ४७४, ना. ७ त १३३, बा.प्र.०३–००१ त ४४४, ना. ४ त ४०४९, प्र.२–०३–००१त ६७६८ र प्र २–०३–००१ त ६४८० नम्बरको ट्याक्टर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*