आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

साझाकुरा
२०८२ मंसिर २९, आईतवार १२:५९

हेटौंडा-राक्सिराङ गाउँपालिकामा आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन विद्यालयका शिक्षकलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय राक्सिराङ–६, सिलि·ेका शिक्षक कल्पना मरासिनी पोख्रेल, सुनिता थिङ र सरोज थापा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुले जनही नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, मावि देविटारका शिक्षकहरु बिनोद यादव, मुना सुनार र जुनु दोङ लामा दोस्रो स्थानमा रहे । उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।तृतीय स्थानमा थुम्की आधारभूत विद्यालय राक्सिराङ–२ का शिक्षक भुपेन्द्र गौतम, लोकेन्द्र लामाब्लोन र रचना थापा रहेका छन् । उनीहरुलाई जनही नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाको ३० वटा विद्यालयबाट आधारभूत तहमा कार्यरत ९० जना शिक्षकको सहभागिता रहेको शिक्षाशाखा अधिकृत पंकज थारुले जानकारी दिए ।

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, जिन्सी शाखाप्रमुख रामकृष्ण भट्टराईलगायतले विजयी शिक्षकलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*