जनकल्याण सहकारीको अध्यक्षमा पुन हिमाल

साझाकुरा
२०८२ मंसिर २९, आईतवार १३:२६

हेटौंडा- हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन हिमाल पौडेल सर्वसम्मत चयन भएका छन् ।शनिवार सम्पन्न २९ औ वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा श्यामप्रसादभट्टराई, सचिवमा रेखा मैनाली र कोषाध्यक्षमा देवराज गौतम चयन भएका छन् । सदस्यहरुमा यतीराज दंगाल, लक्ष्मण सापकोटा, केशवप्रसाद चौलागाई, जीवकुमारी पौडेल र टुककुमारी चौलागाई सर्वसम्मत चयन भएका हुन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश ढुंगाना र सदस्यहरुमा राजकुमार पौडेल र निर्मला पौडेल चयन भएका छन् ।

साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन, सचिव रोमबहादुर न्यौपानेले शिक्षा उपसमितिको प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।नयाँ सञ्चालक तथा लेखा समितिको निर्वाचन गराउन संस्थाका कानूनी सल्लाहकार मुकुन्दप्रसाद अधिकारी संयोजक बद्रीप्रसाद भण्डारी र रुपेश दुलाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

संस्थाका ज्येष्ठशेयरसदस्य द्वारिकानाथ लामिछानेको प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको होे । साधारण सभामा ज्येष्ठसदस्य जनुदेवी अर्याल र द्वारिकानाथ लामिछाने, असली बचतकर्ता निर्मला न्यौपाने र राजन पौडेल असली ऋणी विन्दा बानियाँ, विजयकुमार हुमागाई, उद्यमीतर्फ पुष्पराज अधिकारी, समाजसेवी राजु गुरुङ र सञ्चारकर्मी अनिल पराजुली, जोडी दम्पती, बालबचत कर्ता, लघुवित समूह, एसईई मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, प्रल्हाद शर्मा आचार्य, गणेशकुमार श्रेष्ठ,शेयरसदस्य पूर्णभद्र चौलागाई, उर्मिला आचार्यलगायतको उपस्थिति रहेको थियो । २ हजार ४९८ शेयर सदस्य आवद्व रहेका छन । संस्थाको आव २०८१÷८२ सम्म शेयरपूँजी २ करोड ७१ लाख ३२ हजार निक्षेप २७ करोड ४ लाख र २० करोड ९७ लाख लगानी रहेको संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*