युनिकम नेपाल मकवानपुरको नेतृत्व थापालाई
हेटौंडा- नेपाल व्यापार कर्मचारी संघ(युनिकम नेपाल) मकवानपुरको नेतृत्व भीमबहादुर थापाले सम्हाल्ने भएका छन् । संघको १२ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट अध्यक्षको जिम्मेवारी थापालाई दिइएको हो । सभाले थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । संघको उपाध्यक्षमा सुशील पौडेल, महिला उपाध्यक्षमा रजिना लामा, महासचिवमा सन्तोष चौलागाई, सचिवमा सपना बराल, कोषाध्यक्षमा माधव सुवेदी चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यमा क्रमशः सन्तोष पौडेल, राजेन्द्र कुईकेल, अम्बिका चालिसे, दीया क्षेत्री, संचिता रिजाल, तेजनाथ कोइराला (विपिन), अनिल खड्का, सपना राई, सम्झना नेपाल, किरण महतो, कमल तिमल्सिना चयन भएका छन् ।संघका अध्यक्ष लेखनाथ गैह्रेको सभाध्यक्षता तथा युनिकम नेपालका केन्द्रीय वरिष्ठउपाध्यक्ष रविन भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रीय सल्लाहकार विजयकुमार श्रेष्ठ, युनिकम नेपालका सल्लाहकार दामोदर पाठक, मउवा संघका सदस्य भुपेन्द्र अधिकारी, युनिकम नेपालका अर्गनाइजर रमेश तिमल्सिनालगायतको आतिथ्यता थियो ।व्यापारिकक्षेत्रमा काम गर्ने कर्मचारीको साझा संस्थाको रुपमा रहेको युनिकम नेपालले बनभोज कार्यक्रमसहित सभा र अधिवेसन गरिएको अध्यक्ष गैह्रेले जानकारी दिए ।







