राक्सिराङकी गोले गाँजासहित पक्राउ
हेटौंडा-मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीया लक्ष्मीमाया गोलेलाई २२ किलो ६ सय ग्राम लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । हेटौंडा–३ स्थित पूर्वपश्चिम सडकखण्डको चेकजाँच क्रममा मकवानपुरबाट चितवनतर्फ जाँदै गरेको शंकास्पद सवारीसाधन तथा यात्रु चेकजाँच गर्दा गोलेको साथबाट यो परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।







