हेटौंडा अस्पतालमा ६ दिनको नवजातशिशुको मृत्यु

साझाकुरा
२०८२ पुष २, बुधबार ११:५५

हेटौंडा-हेटौंडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु भएपछि परिवारले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।घटनालाई लिएर आफन्त र अस्पताल प्रशासनबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ भने निष्पक्ष छानबीनको माग गरिएको छ । परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमै सामान्य प्रसूति भएर शिशु जन्मिएको थियो ।आमा र शिशु दुवैको अवस्था सामान्य रहेको भन्दै घरजान चाहँदा अस्पताल प्रशासनले नछाडेको र भोलिपल्ट मङ्सिर २६ गते नवजात शिशुलाई भर्ना गरिएको उनीहरुको भनाइ छ । भर्नापछि शिशुको नियमित चिकित्सकीय जाँच नहुने र नर्सहरु पनि समयमा उपस्थित नहुने गरेको परिवारको आरोप छ ।

शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान करिब साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई फोटो थेरापी मेसिनमा राख्नुपर्ने भन्दै राखिएको थियो । अस्पतालको निर्णयप्रति आफूले सुरुदेखि नै शंका व्यक्त गरेपनि नर्स वा चिकित्सकले गम्भीररुपमा नलिएको उनले बताए । ‘बिहान ५ बजेतिर मेसिनमै राखिएको अवस्थामा मेरो छोराको मृत्यु भयो,’ ओलीले भने, ‘निकाल्दाशिशुको एकपटीको कान र शरीरका केही भाग जलेको जस्तो निलो देखिएको थियो ।’

यता अस्पताल प्रशासनले भने आरोप अस्वीकार गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार शिशुको मृत्यु आमाको दूध चुस्ने क्रममा सर्किएर भएको हो । बालरोग विशेषज्ञ डा. हरि खड्काले फोटो थेरापी मेसिनबाट करेन्ट लाग्ने सम्भावना नै नभएको दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*