मुख्यन्यायाधिवक्तामा अप्सरा बस्नेतको नाम सिफारिस
हेटौंडा-बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ । बस्नेत बागमती प्रदेश मात्र नभई नेपालकै पहिलो महिला मुख्यन्यायाधिवक्ता बन्ने भएकी छन् ।मंगलबार उनको नाम मुख्यन्यायाधिवक्ताका लागि सिफारिस गरिएको हो । यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा थिए । काफ्लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो । अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्ष हुन् । उनी जिल्ला बार एसोसिएसनको पहिलो महिला अध्यक्षसमेत बनेकी थिइन् ।







