गाँजा र खैरोहेरोइनसहित हेटौंडामा दुईजना पक्राउ

साझाकुरा
२०८२ पुष ३, बिहीबार १३:२०

हेटौंडा-मकवानपुरको रातोमाटे चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग २ ख १५६० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा बसमा सवार राक्सिराङ गाउँपालिका–१ का २० वर्षीय सुमन तामाङको झोलाबाट ६ किलो ७६० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । तामाङलाई नियन्त्रणमा लिई लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोहीदिन अपराह्न ४ः२० बजे रातोमाटे चेकपोइन्टमै वीरगञ्जबाट नारायणघाट तर्फ आउँदै गरेको बा.प्र. ६–००१ ज ०४५१ नम्बरको यात्रुबाहक ईभी गाडी चेकजाँच गर्दा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका ३३ वर्षीय रामबहादुर गोलेको साथबाट २ ग्राम १२० मिलिग्राम खैरोहेरोइन फेला परेको छ । दुवै घटनामा बरामद लागू औषधसहित पक्राउ परेकालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*