बागमती प्रदेशका लागि भुटनदेवी मावि मतदान केन्द्र

साझाकुरा
२०८२ पुष ४, शुक्रबार १२:०८

हेटौंडा-राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २ गतेसातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थल÷केन्द्र तोक्ने निर्णय भएको हो । उनका अनुसार कोशी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशको परिसर, विराटनगरमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डल रहने व्यवस्था छ मधेश प्रदेशका लागि धनुषाको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमती प्रदेशका लागि मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा–४, गण्डकी प्रदेशका लागि कास्कीको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशको परिसर, पोखरा, लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र घोराही र कर्णाली प्रदेशका लागि सुर्खेतको प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशको परिसर, वीरेन्द्रनगरमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*