सडक विस्तारविरुद्धको रिट हेर्न नभ्याइने
हेटौंडा- हेटौंडाको सडक विस्तारविरुद्धकोरिट आइतबार हेर्न नभ्याइनेमा परेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमापरेको हो । राजमार्ग क्षेत्रको २५÷२५ मिटर सडक कायम गर्नेगरी सडक विस्तारविरुद्ध विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो । मंसिर २६ मा तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश जारी गर्दै सोसँग सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो । पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दाको पेसी तोकीए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो ।







