नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विकेशलाल निर्वाचित

साझाकुरा
२०८२ पुष ८, मंगलवार १३:०५

हेटौंडा-नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा हेटौंडाका विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।नेपाल जेसीजको आयोजना तथा जनकपुर जेसीजको समन्वयमा सम्पन्न ५२ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । यो पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ४ जना कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

जसअन्तर्गत विकेशलाल श्रेष्ठ पनि एक हुन् । श्रेष्ठ हेटौंडा जेसीज वर्ष २०२४ का शाखाअध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिव रहिसकेका छन् । उनी मकवानपुरमा रहेर विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै समाजसेवामा सक्रिय रहँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*