जेसीआई हेटौंडाको २०२६ को लागि सन्तोष पराजुलीको दाबेदारी

साझाकुरा
२०८२ पुष ११, शुक्रबार १०:५२

हेटौंडा- गरेका छन् । लामो समयदेखि संस्थाको विभिन्न जिम्मेवारीमा रहेर कुशलता पूर्वक कार्यसम्पादन गरिसकेकापराजुलीले ‘सबल र समावेशी जेसीज’को एजेन्डासहित शाखाअध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९ देखि जेसीआईमा आबद्ध पराजुलीले यसअघि शाखाको सचिव, उपाध्यक्ष, तालिम संयोजक र कार्यकारिणी उपाध्यक्ष जस्ता महत्वपूर्ण पदमा रहेर क्षमता प्रमाणित गरिसकेका छन् । उनले विशेषगरी सन् २०२० मा ‘एरिया बी’ संयोजक, २०२१ मा सचिव र २०२४ मा तालिम संयोजकको रुपमा संस्थाको प्रशासनिक तथा क्षमता विकासको पक्षलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको जेसीज सदस्यहरु बताउँँछन् ।

अध्यक्षका उम्मेदवारपराजुलीले आफ्नो कार्यकालका लागि सदस्य सशक्तीकरण, दिगो नेतृत्व, समावेशी वातावरण र संस्थागत सुदृढीकरण चारवटा मुख्य स्तम्भ सार्वजनिक गरेका छन् । जसमा सदस्यको व्यक्तिगत र व्यावसायिक वृत्तिविकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने, संस्थाको दीर्घकालीन विकासका लागि रणनीतिक योजना र नयाँपुस्ताको संलग्नता सुनिश्चित गर्ने, सामूहिक निर्णय प्रक्रिया र सबै सदस्यको विचारको सम्मान गर्ने पद्दति बसाल्ने तथा प्रशासनिक र नेतृत्व संरचनालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।

पराजुलीका अनुसार आगामी निर्वाचनका लागि आफ्नो नेतृत्वमा बलियो टिम निर्माणगरिएको छ । उनको टिमबाट कार्यकारिणी उपाध्यक्ष पदमा विपिन ताम्राकार र संजयकुमार न्यौपाने उम्मेदवार रहेका छन् भने उपाध्यक्ष पदका लागि बिकेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्यले उम्मेदवारी प्रस्तुत गरे । ‘विगत ६ वर्षमा मैले जेसीआईबाट धेरै कुरा सिकेको छु । अब ती अनुभवलाई संस्थाको बृहत्तर हितमा लगाउने समय आएको छ’ उम्मेदवारी घोषणा गर्दै पराजुलीले भने, ‘हाम्रो प्यानलले जेसीआई हेटौंडालाई नयाँ उचाइमा पु¥याउन पूर्णरुपमा समर्पित छ ।’हेटौंडाका युवामाझ लोकप्रिय र कुशल संगठकको छवि बनाएका पराजुली र उनको प्यानलका उम्मेदवारलाई जेसीआई वृत्तमा उत्साहका साथ हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*