चितवनमा हात्ती महोत्सव सुरु, मुख्यमन्त्री बानियाँले उद्घाटन गरे

साझाकुरा
२०८२ पुष १२, शनिबार १३:५९

हेटौंडा- नेपालकै चर्चित पर्यटकीयक्षेत्र सौराहामा शुक्रबारबाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ ।हरेकवर्ष क्षेत्रीय होटल संघ, सौराहाको आयोजनामा हुने यो महोत्सवको यो १९ औं श्रृंखला हो । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शुक्रबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले हात्तीको संरक्षण मान्छेले गर्ने भएकाले प्रकृतिको संरक्षणमा अन्यता सोच्न नहुने बताए । संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले व्यवसायीको समस्या समाधानमा सरकार प्रतिबद्द रहेको बताए । कार्यक्रममा श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले संस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताए । महोत्सव मुल
समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गरे । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षणअधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटनमैत्री महोत्सव भएको बताए । महोत्सवअवधिभर विभिन्न सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा सुरु भएको थियो ।

त्यसैगरी हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता र विविध सांस्कृतिक प्रस्तुति गरिएको छ । दोस्रो दिन मंगलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तरक्रिया कार्यक्रम, डुंगादौड तथा थप खेलकुद प्रतियोगिता र लोकदोहोरीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । महोत्सवको अन्तिमदिन हात्ती पूजा, हात्ती बनभोज कार्यक्रम, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन कार्यक्रमसँगै साँझ सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवद्र्धन मात्र नभई स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षण सम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*