सेकेण्ड भाइस डिजीमा हेटौंडाकी अंकिता सुमार्गी बिजयी

साझाकुरा
२०८२ पुष १४, सोमबार ०९:५२

हेटौंडा- विश्वको तोकप्रिय सामाजिक संस्था लायन्स ईस्टर नेशनल डिस्ट्रिक–३२५ ‘एस’ को सेकेण्ड भाइस डिष्ट्रिक गभर्नरमा हेटौंडाकी अंकिता सुमार्गी विजयी भएकी छिन् ।
शनिवार काठमाडौंमा भएको निर्वाचनबाट सुमार्गी कुल खसेको मत ५२ मध्ये २६ मत प्राप्त गरी निर्वाचित बनिन् । उनका निकटम प्रतिद्वन्दी जेपी यादवलाई ३ मतले पछि पार्दै बिजयी बनेकी हुन् भने अर्का उम्मदेवार उमेश साहले ३ मत प्राप्त गरेका थिए । लायन्सको विधिवत् निर्वाचनबाट सेकेण्ड भिडिजिमा बिजयी भएका सुदर्शनप्रसाद अधिकारीको निधन पश्चात् यो पद खाली भएको थियो । यो पदमा हेटौंडा क्षेत्रकै क्लबसदस्यमध्येबाट सुमार्गी र यादवले दावी गर्दै आएका थिए ।

अंग्रेजी महिनाको जुलाईदेखि कार्यकाल सुरु भएर जुनसम्म १ वर्षको कार्यकाल रहने पदमा दुबैजनाले दावेदारी नछाडेपछि शनिवार भएको तेश्रो पटकको निर्वाचनबाट सुमार्गी बिजयी बनेकी हुन् । उनले आगामी ६ महिना मात्र सो पदमा रहेर काम गर्न सक्नेछिन् । काठमाडौं, मकवानपुर र बीरगञ्ज क्षेत्रको ३ वटा एरियामा विभाजित लायन्स क्लबको सेकेण्ड भिडिजि पदमा यसअघि भएको छुट्टाछुट्टै २ पटकको निर्वाचनमा एकपटक यादवले र एकपटक सुमार्गाीले बिजयी हासिल गर्दै दावेदारी कायम राख्दै आएका थिए ।विजयपश्चात सुमार्गीले विशेष गरेर निर्वाचनकै क्रममा फाटेका मनहरुलाई पुनः जोड्ने आफ्नो प्रमुख एजेण्डा रहेको बनाउदै लायन्सलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता जनाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*