थाहाको शिखर सहकारीको १५औं वार्षिक साधारणसभा

साझाकुरा
२०८२ पुष १७, बिहीबार १२:०१

हेटौंडा-थाहा नगरपालिकाको शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा भएको छ । संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका संचालक समितिका सदस्य, उपसमिति संयोजक र सदस्यहरुको उपस्थिति थियो । सभामा संस्थाका अध्यक्ष मनोज रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष रायमाझीले संस्थाले सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम, शिक्षा सहयोग, स्वास्थ्य सचेतना र व्यावसायिक प्रवद्र्धन जस्ता कार्यलाई प्रतिवेदनमा समेटेका थिए । प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले संस्थागत विकास र वित्तीय क्षमता दुवै पक्षमा सकारात्मक सुधार हासिल गरेको छ ।

सामाजिक उत्तरदायित्वको हिस्सास्वरुप संस्थाले सदस्य सन्न्तती छात्रवृत्ति, सहकारीमा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यलाई पुरस्कृत, कर्मचारी सम्मान र वृद्ध सदस्य सम्मान जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी वर्षमा, संस्थाले व्यावसायिकता र मितव्ययी व्यवहारमा जोड दिने, ऋणीको आर्थिक विश्लेषण र ऋणको जोखिम घटाउन अनुगमन गर्ने योजना रहेको अध्यक्ष रायमाझीले जानकारी दिए । कोषाध्यक्ष निरज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल १४ सय ९८ शेयर सदस्य रहेको र शेयरपूंँजी १ करोड ४४ लाख २३ हजार ८ सय पुगेको जानकारी दिए ।

संस्थाले निक्षेप संकलन ८ करोड ३१ लाख ५५ हजार ४ सय र ऋण लगानी ८ करोड ४९ लाख गरेको, जसको आम्दानी १ करोड ३० लाख ५६ हजार २४ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ११ करोड ७ लाख नाघेको प्रतिवेदनमा उल्लेख छ । पालुङ जेसीज सभाहलमा भएको सभामा लेखासमिति संयोजक लक्ष्मी कार्कीले संस्थाको आर्थिक पारदर्शिता र सुशासनमा ध्यानाकर्षण गराउँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाले सहकार्य गर्ने संस्था च्वाइस नेपाल र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई विशेष सम्मान
गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*