सरोकारवाला तथा लक्षित समूहसँग अन्तरक्रिया

साझाकुरा
२०८२ पुष १७, बिहीबार १२:२२

हेटौंडा, १६ पुस÷- सभापति ईश्वर पण्डितको सभाध्यक्षतामा भएको कार्यक्रममा परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा यौन तथा प्रजनन अधिकारका विषयमा सरोकारवाला निकाय र लक्षित समूहबीच खुला छलफल गरिएको थियो । अन्तरक्रियामा सेवाको पहुँच, गुणस्तर सुधार तथा समुदायमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको संघका कर्मचारी महेश पाण्डेले जानकारी दिए ।

कार्यक्रमले परिवार नियोजन सेवाप्रति सचेतना अभिवृद्धि गर्न, सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्न तथा लक्षित समूहको आवश्यकता पहिचान गर्न सहयोग पुग्ने संघले जनाएको छ । कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, समुदायका अगुवा तथा लक्षित समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।कार्यक्रममा संघका पूर्वसभापति निगम श्रेष्ठ, कोषाध्यक्ष फुलमान श्रेष्ठ र शाखा प्रबन्धक ममिता काशुलालागायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*