सरस्वती प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण
हेटौंडा- हेटौंडा–१, घ्याङसिनटारस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब हेटौंडा स्मारकले विद्यालयमै पुगेर विद्यार्थीलाई ज्याकेट हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’का दोस्रो भाइस डिष्टिू«क्ट गभर्नर (भिडिजी) अंकिता सुमार्गीको प्रमुख आतिथ्यमा कपडा वितरण गरिएको हो । कमल अधिकारीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ का दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर (भिडिजी) मा निर्वाचित भएकी सुमार्गीलाई क्लबले सम्मान गरेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा हेटौंडा उपमहानगर प्रवक्ता सविन न्यौपाने, क्लबका चार्टरड अध्यक्ष कैलाश ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानलगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब हेटौंडा स्मारकका पूर्वअध्यक्ष सन्तोष पराजुली जेसीआई हेटौंडाको गरिमामय अध्यक्ष पदमा निर्वाचित भएको उपलक्ष्यमा क्लबले पराजुलीलाई सम्मान गरेको छ ।







