ड्युटीका ट्राफिकलाई घाइते बनाई फरार चालक र कार नियन्त्रणमा

साझाकुरा
२०८२ पुष २०, आईतवार १२:०१

हेटौंडा- हेटौंडा–११ थानाभ¥याङ्मा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाइ फरार भएका कार चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवनको भरतपुरबाट बा६च ८४०९ नम्बरको कारसहित चालकलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका चालक हेटौंडा उपमहानगरपालिका–५, गर्दौई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

पुस १७ गते बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट ड्युटीमा खटिएको प्रहरीटोलीले नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकी चेकजाँच गर्न खोज्दा कार चालकले सिसा बन्द गरी सवारी साधनसहित भाग्ने प्रयास गरेका थिए । यसक्रममा कार चालकले प्रहरीलाई करिब १० मिटर घिसार्दै घाइते बनाई फरार भएको प्रवक्ता बोगटीले जानकारी दिए । कारभित्रबाट ब्रेथलाइजर मेसिन समेत बरामद गरिएको छ । हाल नियन्त्रणमा लिइएका चालक र सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*