भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको ज्यान गयो

साझाकुरा
२०८२ पुष २१, सोमबार ११:४४

हेटौंडा- मकवानपुरको भीमफेदी–६ जुडीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा ३ जना गंभीर घाइते भएका छन् । काठमाडौं–हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत भीमफेदीको जुरीखेतमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ जुडीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएस्पी पुष्कर बोगटीले जानकारी दिए । मृतकहरुको रातको १० बजेसम्म पनि सनाखत हुन सकेको छैन ।

सुमोमा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए । सुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रवक्ता बोगटीले बताए । घटनास्थलबाट घाइते ९ जनालाई उद्दार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । दुर्घटनका घाइते ९ जनामध्य ६ जना पुरुषको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक बोगटीका अनुसार मृतकको नाम ठेगाना खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*