परिचय बचतको साधारणसभा सम्पन्न
हेटौंडा- हेटौंडा–२ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्याक्षतामा साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष भवनाथ दहालले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा अगामी कार्यक्रम प्रस्तुत गरे ।
१ सय ६१ जना महिला, ३ सय ३५ जना पुरुष र ९ जना अन्य गरी कुल ५ सय ५ जना शेयरसदस्य भएको यस संस्थाको कुल शेयरपुँजी ३ करोड २ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १५ लाख ६७ हजार ४ सय ४९ रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाले गत आर्थिक वर्षमा कुल १ करोड ३६ लाख १४ हजार ७ सय ७३ रुपैयाँ आम्दानी गर्दा सबभन्दा बढी कर्जा सापटी र ऋण लगानीबाट १ करोड १८ लाख ४० हजार ४ सय १२ रुपैयाँ ब्याज प्राप्त गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा संस्थाले विभिन्न शीर्षकमा कुल १ करोड ५४ लाख ५६ हजार ३८ रुपैयाँ खर्च गरेको छ । आम्दानी भन्दा खर्च बढी हुँदा संस्थाले गत आर्थिक वर्षमा ४९ लाख ४१ हजार १ सय १२ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा शेयर सदस्यले १२ करोड १५ लाख ६७ हजार ४ सय ४९ रुपैयाँ बचत जम्मा गरेका थिए । संस्थाको जगेडा कोषमा ४७ लाख ९ हजार ५ सय २० रुपैयाँ रहेको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्ममा कुल निक्षेप १७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट शेयर सदस्यलाई सम्मानित गरेको थियो । सम्मानित हुनेमा उत्कृष्ट परिचय बोनस बचतकर्ता मुना थिङ, मालती थापा र सुजता कार्की रहेका छन् । उत्कृष्ट विशेष बालबचतकर्ता जैजुन डोल्मा लामा, उत्कृष्ट परिचय व्यवसायिक बचतकर्ता सरिता दुलाल, रामबहादुर घलान, प्रदीप खड्का छन् । उत्कृष्ट आवधिक बचतकर्ताकारुपमा नेत्रकुमारी भट्ट, रवीन्द्र ढकाल, अविशेष रौनियार, सागरराज मिश्र र श्रृजना अधिकारी सम्मानित भएका हुन् ।







