तिष्य पुष्य नक्षत्रको अबसरमा स्वर्णबिन्दु प्राशन
हेटौंडा- बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको आयुर्बेदिक अस्पताल हेटौंडाले ५ वर्ष मुनिका बालबालिकालाई रोग प्रतिरोधी क्षमता बढाई आरोग्य बनाउन तिष्य पुष्य नक्षत्रको अबसरमा स्वर्णबिन्दु प्राशन गराएको छ । सोमबार बिहान हेटौंडा–२ मा रहेको आयुर्बेदिक अस्पतालबाट स्वर्णबिन्दु प्राशन गराइएको थियो । आयुर्बेद अस्पतालका सूचना अधिकारी अशोक झाका अनुसार ५ सय बालबालिकाले स्वर्णबिन्दु सेबन गरेका छन् । यो कार्यक्रममा बालबालिका र अभिभाबकको सहभागिता बढीरहेको सूचना अधिकारी झाले जानकारी दिए । तिष्य पुष्य नक्षत्रमा स्वर्णबिन्दु नियमित सेबन गराईने अस्पतालले जनाएको छ ।







