पौष २६ गते थाहा दिवस मनाइने
हेटौँडा- पौष २६ गते थाहा दिवस विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । दिव·त रुपचन्द्र बिष्टको जन्मजयन्तीको अवसर पारेर विगत डेढ दशकदेखि फरक सोच अभियानद्वारा थाहा दिवस मनाइँदै आएको हो ।यस वर्ष रुपचन्द्र बिष्टको ९२ औँ जन्मजयन्तीको अवसरमा थाहा पत्रकारिता पुरस्कार–२०८२ तथा तीर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान–२०८२ प्रदान गरिने फरक सोचका अभियन्ता रामकुमार कार्कीले जानकारी दिएका छन् ।
थाहा पत्रकारिता पुरस्कार मकवानपुरका सक्रिय पत्रकारलाई निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित पुरस्कार हो । विसं २०७२ सालमा पहिलोपटक मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टलाई प्रदान गरिएको यो पुरस्कार पछिल्लो वर्ष अन्नपूर्ण पोस्टकी वरिष्ठ पत्रकार ममता थापालाई प्रदान गरिएको थियो । यो पुरस्कार ताम्रपत्रसहित ११ हजार रुपैयाँ नगदसहित प्रदान गरिँदै आएको छ ।
पुरस्कारस्वरूप प्रदान गरिँदै आएको नगद रकम हालसम्म प्रताप बिष्टले सहयोग गर्दै आउनुभएको थियो भने, यस वर्षदेखि उक्त नगद रकम थाहा नगरपालिका–२ का समाजसेवी माधव कार्कीले प्रदान गर्नुहुने अभियन्ता कार्कीले बताए ।त्यसैगरी, तीर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान थाहा नगरको प्रचार–प्रसार, प्रवद्र्धन, उन्नयन तथा सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ । यस सम्मानबाट यसअघि चलचित्र निर्देशक शोभित बस्नेत, पर्यटन क्षेत्रमा होटल अध्याय, पानोरमा, सुनगाभा अर्किड रिसोर्टलगायतलाई सम्मान गरिसकिएको छ ।







