सुखसमृद्धि बचतमा पुनः रेणु ज्ञवाली
हेटौंडा- हेटौंडा–१० स्थित सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः रेणु ज्ञवाली चयन भएकी छिन् । संस्थाको १५ औं वार्षिक साधारणसभा एवम् चौथौ अधिवेशनबाट ज्ञवालीका अध्यक्षमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा आशिका श्रेष्ठ, सचिवमा निर्मला शर्मा, कोषाध्यक्षमा पुरुषोत्तम मैनाली, सदस्यमा कल्पनादेवी दाहाल, मल्लिका श्रेष्ठ र मनु लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम सहकारीले साधारणसभा सम्पन्न गरेको हो । ८ सय ३२ शेयर सदस्य रहेको सहकारीको शेयरपुँजी ७५ लाख ६८ हजार रुपैयाँ रहेको छ । साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ शेयर सदस्यलाई सम्मानगरेको थियो ।







