जेसीआई हेटौंडामा पराजुली पदस्थापित

साझाकुरा
२०८२ माघ ४, शनिबार १२:५५

हेटौँड-जेसीआई हेटौंडा वर्ष २०२६ को अध्यक्ष पदमा सन्तोष पराजुली पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा आयोजित विशेष समारोहबीच जेसीआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष पंकजदास बानियाँले पराजुलीलाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा ४८ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भएको हो । कार्यक्रममा जेसीजका पूर्व पदाधिकारी, बोर्ड सदस्य, सल्लाहकारहरुलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको छ ।

जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा संजयकुमार न्यौपाने र विपिन ताम्राकारसहित उपाध्यक्षहरु विवेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य पदस्थापित भएका छन् ।यसैगरी कार्यक्रममा महासचिव किरण आले, सचिव विवेक फुयाँल, तालिम संयोजक कुशल रिजाल, भवन संयोजक राज खड्गी, थिम निर्देशक योगेश बानियाँ, पब्लिक रिलेशन अफिसर प्रतिक कोइराला, लोम इडिटर प्रविण श्रेष्ठ, कोषाध्यक्ष विश्वप्रसाद गौतम र कानुनी सल्लाहकार प्रवीण गुप्ता पदस्थापित भएका हुन् ।

कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, उपाध्यक्षद्वय खगेन्द्र भण्डारी र दिपेश बराइली, हेटौंडा शाखाका पूर्वअध्यक्ष बासु सुवेदी, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जेसीआई हेटौंडा युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था हो, जहाँ हरेक वर्ष लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*