ग्रिल तथा स्टिल व्यवसायी संघमा नकर्मीको नेतृत्व

हेटौंडा बजारको मुहार फेरिने चरणमा छ : नगरप्रमुख लामा
साझाकुरा
२०८२ माघ ५, आईतवार १०:५०

हेटौंडा-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले हेटौंडा बजारको मुहार फेरिने चरणमा रहेको बताएकी छिन् ।मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको १२ औं वार्षिक साधारणसभा एवम् ५ औं अधिवेशनमा उनले हेटौंडालाई नयाँ सहरको रुपमा विकास गर्नको लागि उपमहानगरले नयाँ भिजन तयार पारेको बताइन् । सडक विस्तार सम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट छिनोफानो भएपछि बजारले एउटा नयाँस्वरुप लिने उनको भनाई छ । नगरप्रमुख लामाले अटो भिलेज निर्माणको कामलाइ छिट्टै सुरु गरिने बताइन् । सडक विस्तारको क्रममा मारमा परेका स्टिल व्यवसायीलाई उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगर प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् ।

नगरप्रमुख लामाले स्टिल व्यवसायीलाई करको दायरमा आएर आफ्नो व्यवसाय गर्न आग्रह गरिन् । अबको निर्माणको समय भएकोले उच्चमनोबल बनाई विश्वासनीय ढंगले काम गर्नुपर्नेमा उनले जोड दिइन् । नगरप्रमुख लामाले स्टिल व्यवसायीको लागि अवसरसँगै चुनौती पनि थपिँदै गएको जिकिर गरिन् । निर्माण कार्यको सिलसिलमा स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनले आग्रह गरिन् । नगरप्रमुख लामाले निर्माण व्यवसायीको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताउँदै एकसय जना निर्माण व्यवसायीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

नकर्मीको नेतृत्वको १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयनअधिवेशनले संघमा ३ वर्षको लागि रविकृष्ण नकर्मीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गिरिराज न्यौपाने, सचिवमा कविराज पाठक, सहसचिवमा बलराम श्रेष्ठ, कोषाध्यक्षमा राजु जिसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा स्वरुप पौडेल, रामपुनित चौधरी, सरिता प्रधान, करण सिंह, टीकाराम मैनाली, विनय भेटवाल, सजनकुमार घिमिरे, राजन महत, मानडोच स्याङतान, सावित्री प्रसाई, जानुकादेवी पौडेल, शंकर खड्का, कल्पना ढुंगेल चयन भएका छन् ।

कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका वस्तुगत तर्फका उपाध्यक्ष मोहन कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*