दुईबस्ती पिउनेपानी व्यवस्थापन समिति अध्यक्षमा पुनः श्रेष्ठ
हेटौंडा-हेटौंडा–११ मा रहेको दुईबस्ती पिउनेपानी व्यवस्थापन समितिको अध्यक्षमा पुनः देवकुमार श्रेष्ठ चयन भएका छन् । समितिको ११ औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुभद्रा रिमाल, सचिवमा कृष्णप्रसाद खनाल, सहसचिवमा पार्वती हेवनीय तथा कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन भएका छन् ।
त्यसैगरी सदस्यमा रामचन्द्र कठायत, लक्ष्मण बानियाँ, सुधा पुडासैनी, शिवप्रसाद अगस्ती, माधुरी राना र पुष्पराज मगर रहेका छन् । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल प्रमुखअतिथि रहेकी थिइन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
३०१ घरधुरी उपभोक्ता रहेको यस समितिले खानेपानी क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै पूर्ववडाध्यक्ष काशीनाथ बजगाईलाई परोपकार सम्मान प्रदान गरिएको थियो । समितिका अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षमा बृहत् खानेपानी योजनाअन्तर्गत नयाँ पानीको स्रोतबाट लिफ्टीङ प्रणालीमार्फत् पानी शुद्धीकरण प्लान्टमा पु¥याई शुद्ध खानेपानी वितरण गरिने तथा क्रमशः विभिन्न खानेपानी समितिबीच एकीकरण गरिने जानकारी दिए ।
कार्यक्रममा जिल्ला विकास समितिका पूर्वसभापति रामेश्वर राना, डाङडु·े सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनी, समितिका पूर्वअध्यक्ष ठाकुरप्रसाद पौडेल, जिम्बाडाँडा खानेपानी समितिका अध्यक्ष लालकृष्ण प्याकुरेल, सडकक्षेत्र खानेपानी समितिका अध्यक्ष धु्रवप्रसाद पराजुली, सरस्वती खानेपानी समितिका सचिव देवप्रसाद ढकाल, डाङडु·े टोल विकास संस्थाका अध्यक्ष प्रभाकर पुडासैनी, भैरबकुञ्ज टोलका अध्यक्ष मेघनाथ रेग्मी, दुम्सीडाँडा टोल विकास संस्थाका अध्यक्ष शिवप्रसाद अगस्तीलगायतको आतिथ्य रहेको थियो ।







