मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा
हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध परिकार उद्योगस्थल बुङ्दलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कँडेलले प्रस्तुत गरेकोे आगामी नीति तथा कार्यक्रम सहितको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक बीरबहादुर लामाले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन, संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गरेको गत आर्थिक वर्षको यथार्थ आयब्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन, लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गरेको गत आर्थिक वर्षको यथार्थ र चालु आर्थिक वर्षको अनुमानित आयाब्यय विवरण अनुमोदन गरेको छ ।
संघका अध्यक्ष कँडेलले कृषकले उत्पादन गरेका दुधको भुक्तानीमा नियमितता गराउनको लागि संघ क्रियाशील भएको र भुक्तानीमा आएको समस्या समाधान तर्फ अगाडि बढेको बताए । साधारण सभाकै अवसरमा संघमार्फत सबैभन्दा बढी दुध बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, चिसापानी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–३, मक्रान्चुली, उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–५ लाई क्रमशः नगद ११ हजार, १० हजार र ९ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी गुणस्तरीय दुग्ध बिक्री गर्नेमध्ये उत्कृष्ट भएका अमूल्य कृषि सहकारी संस्था लि. भीमफेदी, कोगटे, बाराही दुग्ध उत्पादक सहकारी संस्था लि. भीमफेदी दमार र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था. बागमतीलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो । संघद्वारा सञ्चालित दुग्ध उद्योगबाट उत्पादित दुग्धजन्यपदार्थको बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि, चिसापानी, किसान दुग्ध उत्पादक सहकारी संस्था लि, हटिया, नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि, हात्तीलेटलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।
महाकाली दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढीलाई संघबाट उत्पादित दुग्धजन्य पदार्थको बिक्री र बजारीकरणमा बिशेष योगदान पु¥याएबापत नगद ६ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो । साधारणसभाकै अवसरमा संघका पूर्वकर्मचारी बिदुर हुमागाई, उमेरहदका कारण निबृत्त भएका ब्यवस्थापक कुमारमणि दाहाल, डेरी ब्वाई तोयानाथ पुडासैनी, सफाई कर्मचारी कान्छीमाया देउलालाई सम्मान गरिएको थियो ।
साधारण सभामा संघका सल्लाहकार नारायण प्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, बिदुर हुमागाई, खिलप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष बासुदेब अधिकारीले सहकारी संघसस्था सहकारीको बिनियम र सहकारी ऐन नियम अनुसार सञ्चालन हुनुपर्ने र सहकारीको बर्तमान सहकारी ऐन, नियमावलीका बारेमा जानकारीगराएका थिए ।
संघका कर्मचारी गोविन्द प्रसाद तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटाले स्वागत गरेका थिए । साधारणसभामा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल, संघमा आबद्ध सहकारी संस्थाका प्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो । हाल संघमा ५६ वटा संहकारी संस्था आवद्ध रहेका छन् भने दैनिक करिव ६० हजार लिटर दुध उत्पादन हुनेगरेको छ । उत्पादित दुध संघमार्फत् बिभिन्न दुग्ध उद्योगमा बिक्री बितरण भइरहेको छ ।







