७ ग्राम २०० मिलिग्राम खैरोहेरोइनसहित ६ जना पक्राउ

साझाकुरा
२०८२ माघ १३, सोमबार १२:४०

हेटौंडा- मकवानपुर प्रहरीले ७ ग्राम २०० मिलिग्राम लागूऔषध खैरोहेरोइन सहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्नस्थानमा चेकजाँच गर्ने क्रममा रीतपूर्वक खानतलासी गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बरामद लागूऔषधसहित पक्राउ परेकालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ निवासी २१ वर्षीय विकास परियार रहेका छन् ।

उनको साथबाट ३ ग्राम ७५० मिलिग्राम खैरोहेरोइन फेलाउपमहानगरपालिका–११ निवासी २२ वर्षीय छिरिङ लो र हेटौंडा–१९ निवासी २९ वर्षीय विनोदराज जिम्बाको साथबाट २५० मिलिग्राम खैरोहेरोइन फेला परेको छ ।हेटौंडा उपमहानगरपालिका–१७ ठूलोगंगटे निवासी २४ वर्षीय सोयल प्रजा र २९ वर्षीय प्रेमबहादुर प्रजाको साथबाट २०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ । घटनाका सम्बन्धमा लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*