महाशक्ति सोपमा लागेको आगो नियन्त्रण

साझाकुरा
२०८२ माघ १३, सोमबार १३:१२

हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सोप (साबुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको छ । जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएकाछन् । हेटौंडा उपमहानगरपालिका–८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सोप कम्पनीको गोदाममा शनिबार राति साढे ११ बजेदेखि आगो लागेको थियो ।

बिजुलीको तार सर्ट भएकाले आगो लागेको अनुमान गरिएको छ । हेटौंडाका २ दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं.गणका प्रहरी र स्थानीयले रातभर आगो निभाउने काममा खटिएका थिए । साबुन, ¥यापर, कार्टुन, केमिकलसमेत भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता पुस्कर बोगटीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*