चैनपुर जेसीज मनहरीमा गौतम पदस्थापित

साझाकुरा
२०८२ माघ १५, बुधबार ११:४५

हेटौंडा- चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२६ को अध्यक्षमा सुरेश गौतम पदस्थापित भएका छन् । मनहरी ४ गोलघरस्थित सभाहलमा भएको तेस्रो पदस्थापन कार्यक्रमबीच २०२५ का अध्यक्ष श्रीकृष्ण ढकालले गौतमलाई अध्यक्षको माला (चेन) हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराएका हुन् । अध्यक्षमा पदस्थापित गौतमले कानूनी सल्लाहकार विवेकआनन्द न्यौपाने, महासचिव सन्जिव तिमल्सिना सुदिप, कोषाध्यक्ष बालकृष्ण बिष्ट, सचिव कृष्णप्रसाद खनाल, शाखा सम्पादक हरि अधिकारी, जनसम्पर्क अधिकारी उज्ज्वल बर्तौला र प्रकरण निर्देशक शिवराज गिरीलाई मनोनित गरेका छन् ।

जेसीजको साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा राजु सुवेदी र नवराज रिजाल तथा उपाध्यक्षमा मनोज चौलागाईं, पुष्कर रेग्मी, सुरज ढुंगाना र सन्तोष ढकाल चयन भएका थिए । गौतमले बोर्ड सल्लाहकारमा दीपेन्द्रकुमार बर्तौला, वसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बर्तौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनिल अधिकारी तथा अध्यक्ष सल्लाहकारमा ज्योतिराज लुइँटेल, विदुरविक्रम थापा, पूर्णप्रसाद अर्याल, प्रकाश थापा र खुसी कार्कीलाई मनोनित गरेका छन् । अध्यक्षमा पदस्थापित गौतमले सबैलाई समेट्दै कार्यकाल नमूनालायक बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक राजु सुवेदीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । घलानले जेसीजसँगको सहकार्यका लागि जिल्ला समन्वय समिति तयार रहेको बताए । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी, मनहरी ४ का वडाअध्यक्ष प्रकाश थापा, ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, चैनपुर जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पर्साखैरहनी जेसीजका अध्यक्ष धनवीर चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चैनपुर जेसीजले स्थापना गरेको माधव ढकाल स्मृति पत्रकारिता पुरस्कार समृद्धसमाज दैनिकका प्रकाशक सम्पादक सुरेश श्रेष्ठलाई प्रदान गरिएको छ । वर्ष २०२५ का अध्यक्ष ढकालको पिताको नाममा स्थापित नगद १० हजार राशीको पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो । जेसीजका संस्थापक अध्यक्ष अधिकारीको कान्छो भाइ सुरेन्द्र अधिकारीको स्मृतिमा स्थापना गरिएको शैक्षिक पुरस्कार बालजीवनज्योति माविबाट एसईईमा उत्कृष्ट हुन सफल लक्ष्मी लामिछानेलाई प्रदान गरिएको छ । पुरस्कारकोराशी नगद १० हजार रुपैयाँ रहेको छ । लामिछाने मनहरी गाउँपालिकाको सामुदायिक विद्यालयबाट पालिका प्रथम हुन सफल छात्रा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*