हेटौंडामा योजना तर्जुमा गोष्ठी

साझाकुरा
२०८२ माघ २१, मंगलवार १०:५५

हेटौंडा- सवडिभिजन वन कार्यालय, हेटौंडाको आयोजनामा सोमवार हेटौंडामा सवडिभिजन वन कार्यालयस्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । कार्यालयको चालू आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रमअनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रबंशीले सामुदायिक वन समूहले वनको ब्यवस्थापन , पर्यापर्यटन, आयआर्जनलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।

डढेलो नियन्त्रण, अग्निरेखा निर्माण, चोरीनिकासी, वृक्षरोपणमा काम गर्नुपर्नेमा उनको जोड थियोे । गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौंडाअन्तरगत रहेका सामुदायिक वन समूहले वनसँग सम्वन्धित विभिन्न कामको बारेमा समूहगत छलफल गरेका थिए ।गोष्ठीमा सवडिभिजन वन कार्यालय, हेटौंडाका प्रमुख बच्चुराम सुवेदी, अधिकृत छैठौ श्रीकृष्ण न्यौपाने, रेन्जर सुष्मा लामालगायतले सहजीकरण गरेका थिए । गोष्ठीमा विभिन्न सामुदायिक वन र कबुलियती वन समूहका २० जनाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*