स्वरुप परिवर्तन गरी चलाइएका १२ वटा मोटरसाइकल नियन्त्रणमा

साझाकुरा
२०८२ माघ २१, मंगलवार ११:०५

हेटौंडा- स्वरुप परिवर्तन गरी चलाइएका १२ वटा मोटरसाइकललाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिबार र आइतबार ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले बजारक्षेत्रमा चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारीसाधनको विभिन्न पार्टपुर्जा फेरेर स्वरुप परिवर्तन गर्ने, साइलेंसर बिगारी वा परिवर्तन गरी पड्किने आवाज निकाल्ने, रातको समयमा चर्को ध्वनिप्रदूषण मच्चाउने, समाजमा अशान्ति र आतंक सृजना गर्ने गरी चलाइएका मोटरसाइकलमाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरीउपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

उनका अनुसार बा.प्र. ०३–००६ प ४८९८, प्र.३–०२–००९ प ५१८१, ना ४३ प ९८, बा.प्र.०३–००५ प ७५८८, बा.प्र.३–००५ प ९६१९, बा ३९ प ९१४१, बा.प्र. ०३–००५ प ९०९०, बा ५४ प ४८९८, ध १ प ५९२३, प्र.३–०२–०१० प ९९०८, ना ५७ प ८५०७ र बा.प्र.०६–००१ प ८७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, हेटौंडामा पठाइएको उनले बताए ।

कारवाही भएर आए पश्चात् मोटरसाइकललाई मुल स्वरुपमा नल्याउँदासम्म चालकलाई मोटरसाइकल फिर्ता नगरिने उनले बताए । प्रहरीले अनुमतिबिना
सवारीसाधन मोडिफिकेसन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*