लायन्स र लियो क्लव अफ थाहा पिसको ९ औँ पदस्थापन
हेटौंडा- थाहानगरमा सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५÷२६ का लागि ९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अनित विष्ट अध्यक्ष पदमा निर्विरोध चयन भई पदस्थापन भएका छन् ।नवपदस्थापित कार्यसमितिमा प्रथम उपाध्यक्षमा नीरज रायमाझी, द्वितीय उपाध्यक्षमा दीपेन्द्रकुमार थिङ, सचिवमा दीपक कार्की, कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सनमा माधव कार्की तथा एलसिआईएफ कोअर्डिनेटरमा अनन्त ढकाल रहेका छन् । सबै पदाधिकारीलाई डिस्ट्रिक्ट गभर्नर धनिराम बरालले पदस्थापन गराएका हुन् । कार्यक्रममा लियो क्लव अफ थाहा पिसको पनि ९ औँ पदस्थापन भएको छ । लियो क्लवको अध्यक्षमा विनिता वाईबा पदस्थापित भए । लियोका प्रथम उपाध्यक्ष शीतल बिष्ट, द्वितीय उपाध्यक्ष स्मिता विष्ट, सचिव बिराज बिष्ट, कोषाध्यक्ष सृष्टि गोपाली तथा सहसचिव मञ्जरी अधिकारी पदस्थापन भएका हुन् ।
कार्यक्रम लायन्स क्लव थाहाका अध्यक्ष सत्यदेवी स्याङ्तानको अध्यक्षता तथा थाहा नगरउपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बरालको विशेष आतिथ्यता रहेको थियो । साथै लायन्स क्लव थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लियो अध्यक्ष शिशिरकुमार खत्री, डिस्ट्रिक्ट गभर्नर प्रथम महिला बिष्णु बराल, लायन्स डिस्ट्रिक्ट ३२५ बि नेपालका महेन्द्र पौडेल, गिरधारी शर्माभुषाल, बलराम सुवेदी, शिवराज आचार्य, माधव पाण्डे, दीपक आचार्यलगायत लायन्स तथा लियोका पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा थाहा नगरभित्र विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई ‘लायन्स वर्ष सम्मान’ प्रदान गरियो । स्वास्थ्यतर्फ थाहा–१० की महिला स्वास्थ्यस्वयंसेविका श्यामा बस्नेत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक समाज गोपाली, कृषि तर्फ थाहा–२ का उमेश श्रेष्ठ र थाहा–६ का कृष्ण महर्जन, खेलकुदतर्फ थाहा–५ का कराते प्रशिक्षक तथा रेफ्री मानसिं दोङ र थाहा–२ का भलिबल रेफ्री शंकर कार्की, पर्यटन व्यवसायतर्फ थाहा–४ दामनका सुरथ अधिकारी र थाहा–९ का विजय बस्नेत, कलातर्फ थाहा–१ का विजयश्याम अमात्य, तथा सांस्कृतिक सम्मानअन्तर्गत ऋषेश्वर महिला खैजडी भजन समूह थाहा–४ र थाहा खैजडी भजन महिला समूह सम्मानीत भएका थिए ।







