हेटौंडाबाट २ किलो अफिमसहित दुई जना पक्राउ

साझाकुरा
२०८२ माघ २७, सोमबार १२:१८

हेटौँडा- मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११ थानाभ¥याङस्थित सडकमा शंकास्पद रूपमा गुडिरहेको ना.४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकललाई रोकि जाँच गर्ने क्रममा लागूऔषध बरामद गरिएको हो ।प्रहरीले मोटरसाइकलमा सवार राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट २ किलो प्रतिबन्धित लागूऔषध अफिम फेला परेको जनाएको छ ।बरामद गरिएको लागूऔषध र मोटरसाइकल जफत गरी पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्लाअदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*