‘सस्तो लोकप्रियतातर्फ अख्तियार लाग्नुहुँदैन’

साझाकुरा
२०८२ माघ ३०, बिहीबार १२:४९

हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा हेटौंडास्थित कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले सार्वजनिक पदधारण गरेको व्यक्तिमा स्वच्छता र सदाचारिता हुनुपर्ने बताए । अख्तियारको हरेक कदमलाई आमनागरिकले पनि नियालिरहेको उनले बताए ।

नियम कानुनको परिधिभित्र रहेर परिणाममुखी कार्य गरी जनताको भरोसा जित्न सक्नुपर्ने उनको धारणा छ । ‘भ्रष्टाचार न्याय र विकासको शत्रु हो । यसलेराज्यप्रतिको विश्वास कमजोर बनाउँछ,’ उनले भने, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिलाई उत्तरदायी, पारदर्शी र इमान्दार बनाउँदै सुशासनको मेरुदण्डकारुपमा भूमिका निर्वाह गर्ने अहम् जिम्मेवारी अख्तियारको काँधमा छ । आयोग अझ सशक्त रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।’

गराएका छन् । सूचना र प्रविधिको नवीनतम प्रयोग गरी सम्भावित भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध आमनागरिकले निसंकोच रुपमा सूचना दिनसक्ने प्रणालीको आवश्यकता रहेको उनले बताए । सुशासन र कानूनी सर्वोच्चताका बारेमा विद्यालय शिक्षादेखि नै गहनरुपमा पाठ्यक्रममा विषयवस्तु समावेश गरिनुपर्नेमा उनले जोड दिए । भ्रष्टाचाररुपी रोग लाग्न नदिन यथाशक्य पहल गर्नुपर्ने उनले उल्लेख गरे । ‘रोग लाग्न नदिनु नै उत्तम विकल्प हो । भ्रष्टाचाररुपी रोग फैलिन नदिन यथासक्य पहल हुनु जरुरी छ,’ उनले भने ।
प्रदेशप्रमुख देवकोटाले सुशासनको पहरेदार भूमिकामा अख्तियार कटिबद्ध रहनुपर्ने बताए ।

उनले कुनै अवरोध बिना सुशासन कायम गर्न आयोग पूर्णरुपमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । अनेक आरोह, अवरोह र चुनौतीका वावजूद कानुनी सर्वोच्चतालाई शिरोपरगरेर आयोगले आफ्नो साख जोगाउने प्रयास गरिरहेको उनको भनाई छ ।

भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल नै पार्नुपर्छः मुख्यमन्त्री बानिया

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल नै पार्नुपर्ने बताएका छन् । शासन सञ्चालन गर्नेराजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टचार गर्देनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागु गर्नुपर्ने उनले उल्लेख गरेका छन् । जनताले तिरेको करबाट कर्मचारी र जनप्रतिनिधिले सेवासुविधा लिने गरेको स्मरण गराउँदै मुख्यमन्त्री बानियाँले सबैलाई पारदर्शी, जवाफदेही, जिम्मेवार र उत्तरदायी बन्न आग्रह गरे ।

‘नेपाली जनताप्रति निजामती संयन्त्र निष्ठावान र इमान्दार किन हुन नसक्ने ? सुरक्षा निकाय र राजनीतिक नेतृत्व इमान्दार बन्न किन नसक्ने ? यसबारे हामी सबैले सोच्नुपर्छ,’ उनले भने । बोली र व्यवहारमा एकरुपता हुनुपर्नेमा जोड दिँदै उनले बाहिर एक र भित्र अनेक हुने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए । ‘बोली एकातिर र व्यवहार अर्कोतिर हुँदा खरबुजाजस्तै हुन्छ, बाहिर हरियो र भित्र रातो,’ उनले टिप्पणी गरे ।

मुख्यमन्त्री बानियाँले अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको कामकारवाही जनताको पक्षमा हुनुपर्ने धारणा उनले राखेका छन् । काममा ढिलासुस्ती नगर्न पनि अख्तियारलाई सचेत गराएका छन् । बजेटखर्च नभएर सरकार नै असफल भइरहेको सन्दर्भमा फाइल अख्तियारमा पेन्डिङमा रहनु दुर्भाग्यपूर्ण भएको उनले जिकिर गरे । मुख्यमन्त्री बानियाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसम्बन्धीउजुरीको छिटो छिनोफानो हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रदेशसभा र अख्तियारबीच विशेष सम्बन्ध छः उपसभामुख चापागाई

बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले अख्तियारको काम जति कम भयो, त्यत्ति नै सुशासन कायम हुँदै जाने बताइन् । सबै तह र तप्कामा बसेकाहरुले आफ्नो भूुमिका निर्वाह गर्दा सुशासनयुक्त, भ्रष्टचारमुक्त देश निर्माण हुने उनले धारणा राखिन् । उपसभामुख चापागाईले प्रदेशसभा र अख्तियारबीच विशेष सम्बन्ध रहेको जिकिर गरिन् । प्रदेशसभाले बनाएका कानुनको विषयमा सबै प्रष्ट हुँदा अख्तियारको दुरुपयोग कम हुने उनले बताइन् ।

उपसभामुख चापागाईले कानुन उत्पत्ति गर्ने ठाउँ र कानुन उत्पत्ति गरेर बन्ने प्रक्रियामा पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष प्रा.डा. दिनेशकुमार लम्साललगायतले भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

आर्थिक वर्ष २०८१÷८२ मा ७० दशमलब ४२ उजुरी फछ्र्यौट आयोगको हेटौंडा कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१÷८२ मा ७०.४२ प्रतिशत उजुरी फछ्र्यौट भएको उनले जानकारी दिए । पुडासैनीका अनुसार हेटौंडास्थित कार्यालयमा दर्ता भएका २ हजार ७ सय ६६ उजुरीमध्ये १ हजार ९ सय ४८ उजुरी फछ्र्यौट भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा ८ सय १८ वटा उजुरी जिम्मेवारी सरेर आएको उनले बताएका छन् । त्यसैगरी प्रमुख पुडासैनीले आयोगमा हालसम्म ९ सय ५८ उजुरी दर्ता भई १ हजार ७ सय ७६ उजुरी कायम रहेका छ । जसमध्ये ७ सय ३१ उजुरीको फछ्यौट भई हाल १ हजार ४५ उजुरी छानबीनको क्रममा रहेको छ ।

प्रमुख पुडासैनीका अनुसार आयोगमा दर्ता भएका उजुरीमध्ये संघीय मामिला मन्त्रालय सम्बन्धित ५३ दशमलब ११ प्रतिशत, शिक्षासँग १७ दशमलब ०६ प्रतिशत गरी स्थानीय तहको कुल ७० दशमलब १७ प्रतिशत उजुरी परेको छ । मधेश प्रदेशका ३ जिल्ला बारा, पर्सा र रौतहट समेत कार्यक्षेत्र रहेको यो कार्यालयमा प्रदेशका मन्त्रालय, निकाय र कार्यालयको १७ दशमलब ३१ प्रतिशत उजुरी परेको छ भने संघीय निकाय र कार्यालयतर्फ १२ दशमलब ५२ प्रतिशत उजुरी परेको छ ।

समारोहमा उत्कृष्ट कर्मचारीका रुपमा नायबसुब्बा सुशीलकुमार झा, प्रहरीजवान रत्नबहादुर खत्री, हल्का सवारीचालक राम घलान तथा अख्तियार सेवा र सम्मानबाट शाखाअधिकृत रमा कुँवर र प्रहरी तेजीलाल साह कानुलाई सम्मान गरिएको थियो । नेपालको अधिराज्य संविधान, २०४७ को भाग १२ को व्यवस्थाबमोजिम २०४७ साल माघ २८ गते आयोग स्थापना भएको दिनलाई आयोगले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसवर्षको मुलनारा ‘सुशासन र समृद्धि, नागरिकको अधिकारः भ्रष्टचार नियन्त्रणमा बनौँं सब जिम्मेवार’रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*