प्रदेशसभा रासससँग सहकार्य गर्न तत्पर छः उपसभामुख चापागाई

साझाकुरा
२०८२ फाल्गुन ६, बुधबार १०:४१

हेटौंडा-बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले प्रदेशसभा राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न तत्पर रहेको बताएकी छिन् ।राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं वार्षिकोत्सवको अवसरमा रासस बागमती प्रदेश कार्यालय हेटौंडाद्वारा मंगलबार आयोजित ‘प्रदेशसभामा राससको समाचार’ विषयक अन्तर्रिक्रयामा उपसभामुख चापागाईले प्रदेशसभाका गतिबिधि पारदर्शी र जनतासमक्ष लैजाने सबालमा प्रदेशसभा रासससँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । प्रदेशसभामा प्रदेशसभा सदस्यले व्यक्त गरेका जनताका आवाज, विद्येयकहरु, प्रदेशसभाका निर्णयलगायतका संसदीय गतिबिधिलाई राससले सत्यतथ्य, निष्पक्ष, तथ्यपरक र सन्तुलितरुपमा सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै उनले प्रदेशसभामा प्रदेशसभा सदस्यको माध्यमबाट व्यक्त भएका जनताका आवाजलाई जनतासमक्ष पु¥याउन राससले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताइन् ।

प्रदेशसभाले कानून बनाउने, सरकार निर्माण गर्ने, बजेट पारित गर्ने, जनताका बिचार व्यक्त गर्ने र सरकारलाई जिम्मेवार बनाउने काम गर्दै आएको उनले बताइन् । उपसभामुख चापागाईले प्रदेशसभाबाट पारित विधेयक, नीतिगत छलफल, दफावार छलफल र संसदीय गतिबिधिलाई पारदर्शी रुपमा दस्ताबेजीकरण गर्ने सबाल
रासससँग समन्वय र सहकार्य गर्न प्रदेशसभा प्रतिबद्ध रहेको बताइन् । लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसक्दाँ प्रदेशसभाप्रति निराशा बढेको बताउँदै उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सकिएलगत्तै प्रदेशसभाको बैठक बस्नेगरी तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुखसचेतक एकालाल श्रेष्ठले प्रदेशसभाका सकारात्मक कुरासँगै राससले प्रदेशसभा र प्रदेशसभाका लागि आलोचनात्मक सुझाव दिने समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिइन् । ‘प्रदेशसभाले के ग¥यो भने कुराहरु जनताले जानुपर्छ, यी कुराहरु राससले सत्यतथ्य, सन्तुलित र विश्वसनीय तरिकाले लगिरहेको पनि छ’, उनले भने, ‘त्यो सँगै लामो समयदेखि प्रदेशसभाको सभामुख चयन हुन नसकेको, सरकारले सभालाई बिजनेश दिन नसकेको र विद्येयकको विषयलाई राससले उठाउनुपर्छ ।’

सञ्चारमाध्यममा आउने एउटा गलत सूचनाले समाजमा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालका कारण गलत सूचना प्रवाह भइरहेकाले राससजस्ता सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह हुनेखालका समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रविधिको विकाससँगै राससले पनि अफ्ना सेवाहरु थप्दै जानु सकारात्मक भएको चर्चा गर्दै उनले राससले भ्रष्टचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले प्रदेशसभामा भएका हरेक गतिबिधिलाई जस्ताको त्यस्तै जनतासमक्ष लैजानुपर्नेमा जोड दिँदै प्रदेशसभामा बोलेको कुरामा एउटा शब्द तलमाथि भए यसले भ्रम सृजना गर्न सक्ने भएकाले सत्यपरक, तथ्यपरकरुपमा सम्प्रेषण गर्नुपर्ने सुझाव दिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बढ्दो प्रविधिसँगै सूचना छिटो दिने नाममा गलत सूचना सम्प्रेषण भइरहेको बताए । प्रदेश सरकार र प्रदेशसभालाई जनताको समस्याप्रति जिम्मेवार बनाउने ढंठबाट सत्यतथ्य, निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने उनको धारणा छ ।

बागमती प्रदेशसभाका सचिव रामकुमार पौडेलले प्रदेशसभाका हरेक गतिबिधिको सूचना दिन प्रदेशसभा सचिवालय प्रतिबद्ध रहेको बताए । प्रदेशसभाका समाचार, फोटो र भिडियोलगायत समाचारसामग्री सम्प्रेषण भइरहेकोले आगामी दिनमा रासससँग थप समन्वय गरेर अघि बढ्ने उनले बताए । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीरमण सापकोटाले प्रदेशसभामा उठेका जनताको आवाजलाई मुखरित हुने गरी राससले गहिरो रुपमा उठाउनुपर्ने सुझाव दिए । समस्या मात्र उठान गर्ने भन्दा पनि सामाजिक उत्तरदायि बहन गर्दै समस्या समाधान हुने गरी पत्रकारिता गर्नु आवश्यक रहेको उनले औंल्याए । नेपालका मिडियाहरु सहरकेन्द्रित हुदाँ गाउँघरका कुरा मिडियामा आउन नसकेको गुनासो गर्दै उनले राससले गाउँघरका आवाजविहीनका आवाजलाई गहनरुपमा समेटिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगरले आधिकारिक, विश्वसनीय, सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । राससले समाचार सामग्रीको गुणस्तरीयतामा सुधार ल्याउनु जरुरी रहेको उनले उल्लेख गरे । त्यसैगरी महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारिता पेसा संवेदनशील भएकाले जिम्मेवारीपूर्वक पत्रकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सञ्चारक्षेत्र संकटपूर्ण अवस्थामा रहेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।रासस बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित अन्तरक्रियामा वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक योगेन्द्र यादवले सञ्चारक्षेत्रमा राससले पु¥याएको योगदानबारे चर्चा गरे । राससका मकवानपुरका स्थानीय समाचारदाता रिपेश दाहालद्वारा सञ्चालित कार्यक्रममा अर्का स्थानीय समाचारदाता अञ्जली थापाले स्वागत गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*