रेडियो थाहासंचारको सप्ताहव्यापी कार्यक्रममा श्रोतामिलन

साझाकुरा
२०८२ फाल्गुन ६, बुधबार १०:४५

हेटौंडा- विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाले मंगलबार श्रोतामिलन कार्यक्रमको आयोजना गरेको छ । रेडियोले १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार रेडियो परिसरमा श्रोतामिलन कार्यक्रमको आयोजना गरेको हो । रेडियोको स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता भएको कार्यक्रममा आआफ्नो धारण राख्दै रेडियो श्रोता समूह मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, निवर्तमान अध्यक्ष असिम अधिकारी, हर्क घलान, अभिलासी खड्का, प्रकाश राई, सीताराम नेपाल, तेजबहादुर लामिछाने, गीता बजगाईँ, रमेश रंजन, दीलिप लामा र मोहनबहादुर बतौलालगायतले रेडियो थाहासंचारका कारण आफूहरु जोडिन पाएको र एकताबद्ध हुन पाएको भन्दै रेडियोको प्रशंसा गरेका थिए ।

कृष्णउदास खनालले सहजीकरण गरेको कार्यक्रममा आरती अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने वार्षिकोत्सवका विषयमा राजन घिमिरेले प्रकाश पारे । रेडियोका स्टेशन म्यानेजर अधिकारीले रेडियोका लागि श्रोता सदैव भगवानसरह हुने भएकाले श्रोताले दिएका सुझाव अनुसार नै अगाडि बढ्दै जाने बताए । अहिले रेडियोको आर्थिक अवस्था कमजोर भएपनि आफूहरु श्रोताको चाहना पूरा गर्नका लागि अनवरतरुपमा लागिरहने प्रतिबद्धता जनाए । फागुन ६ गते हेटौंडा ऐकेडेमीको सहकार्यमा बालसाहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*