सेतो कपडा बेरिएको शंकास्पद वस्तु फोहोरको थुप्रो भएको पुष्टि

साझाकुरा
२०८२ फाल्गुन ६, बुधबार १०:४८

हेटौंडा- मकवानपुरको हटियामा सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीचभागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला पारेको हो ।मंगलबार बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी मोटरसाइकल गस्तीटोलीले गस्ती गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो । यो वस्तु देखिएपछि प्रहरीले तत्काल सुरक्षा सतर्कता अपनाउँदै सम्बन्धित निकायसँग समन्वय गरेको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । नेपाली सेनाको गोरखबहादुर गण र कालिप्रसाद गणबाट खटिएको बम डिस्पोजल टोलीले प्राविधिकरुपमा परीक्षण तथा डिस्पोजल गरेपछि यो वस्तुमा कुनैपनि विस्फोटक पदार्थ नरहेको बताएको थियो । डिस्पोज गरिएको वस्तु फोहोरको थुप्रो मात्र भएको नेपाली सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*